लोकदोहोरीको बजारलाई तताए अहिलेका बहुचर्चित एवंम निकैनै व्यस्त गायक राम्जी खाँणले


हेमन्त विक्रम थापा

साउन ०२,काठमाडौं

अहिले लोकदोहोरीको बजारलाई कस्ले तताईरहेको छ भनेर कसैले प्रश्न गर्यो भने हामी सजिलै भन्न सक्छौँ की अहिलेको लोकदोहोरीको बजारलाई तताईरहेका छन् उनै बहुुचर्चित गायक राम्जी खाँणले । पछिल्लो समय त उहाँ मोडलिङ्गमा पनि निकैनै व्यस्त हुनुहुन्छ । उहाँले मोडलिङ्ग गरेका गीत बजारमा निकैनै चर्चाको शिखरमा रहेका छन् । गायक खाँणको देश तथा विदेशमा यति चर्चा र परिचर्चा छ कि त्यो हामी शब्दमा बयाननै गर्न सक्दैनौँ । करिब करिब ६ हजार भन्दा बढि लोक तथा दोहोरी गीत गाईसकेका गायक खाँणलाई यति खेर देश तथा विदेशको कार्यक्रममा जानको लागि भ्याई नभ्याई छ । त्यसो त उहाँ पछिल्लो पटक मोडलिङ्गमा पनि यति चर्चाको शिखरमा हुनुहुन्छ कि उहाँले मोडलिङ्ग गरेका गीतको लाखौँ म्यू आउने गर्छ । गायक खाँणले गाएका हरेक गीत हिट हुने गरेको छ । यति मात्रै नभएर उहाँ पछिल्लो समय नाच्नमा पनि निकैनै अब्बल हुनुहुन्छ । बिगतका वर्षहरु झै यो वर्षपनि गायक खाँणले तिजका गीत गाँउनु भएको छ । उहाँले गाँउनु भएका तिज गीतले पनि निकैनै चर्चा र परिचर्चा बट्लिरहेका छन् ।

स्याङ्जा जिल्लामा जन्मिनु भएका गायक खाँण अहिले लोक दोहोरी क्षेत्रको निकैनै हिट गायकको रुपमा परिचित हुनुहुन्छ । उहाँले लोकदोहोरी गीत संगसंगै तिजका गीतपनि गाँउदै आउनु भएको छ । बिगतका वर्षहरु झै यो वर्षपनि गायक खाँणले स्रोता दर्शकले निकैनै रुचाउँने खालका गीत गाँउनु भए्को छ । ती गीतहरु मध्य डबली नेटवस्र्कले शान्ति रिजाल पौडैलको नाम गरेर बजारमा ल्याएको बटौली घुमाउनी भन्ने गीतपनि गायक खाँणले गाँउनु भएको एक लोकप्रिय गीत नै हो । लोकप्रिय गीतकार सहदेव कोईरालाको शब्द तथा संगीतमा तयार भएको यस गीतमा पुरुष आवाज दिनु भएको छ उनै चिरपरिचित गायक राम्जी खाँणले र महिला आवाज दिनु भएको छ नवगायिका शान्ति रिजाल पौडेलले । राम्जी खाँण र अहिलको हिट मोडल रञ्जिता गुरुङ्गको जोडदाड नृत्य रहेको यस गीतको म्यृजिक भिडियोलाई अहिलेका व्यस्त निर्देशका बिक्रम चौहानले निर्देशन गरेका छन् । बासु बरालको छाँयाङ्कनमा तयार भएको यस गीतको म्यृजिक भिडियोलाई सम्पादन गरेका छन् अहिलेका व्यस्त सम्पादक दिपक विष्टले भने यस गीतको म्यूजिक भिडियोलाई निमार्ण गरेको छ चाहाना फिल्मले । बधार्इृ तथा शुभकामना यो गीतको सम्पूर्ण टिमलाई र धेरै धेरै बधाई गायक राम्जी खाँणलाई कि उहाँको यस्तै हिट गीतहरु सधै सुन्न र हेर्न पाहिराखौँ ।

यसमा तपाइको मत

अन्य समाचार