सञ्चारकर्मी तथा लोक दोहोरी गायक सन्तोष बजगाईंले यस वर्षको तीज कोसेली नारी त यस्तो होस् भन्छु बजारमा ल्याएका छन्


साउन २

रेडियो छहारी सम्बाददाता

सन्तोष बजगाई र वर्षा सिल्वाल को स्वरमा रहेको  नारी त यस्तो होस् भन्छु गीतको भिडीयो पनि सार्वजनिक भैसकेको गायक बजगाईंले जानकारी दिए । तीजको अवसरमा पति पत्नीबीचको सुमधुर प्रेम सम्बन्धलाई उजागर गरिएको यो गीतको लय तथा शब्द संकलन पनि बजगाईंले नै गरेका हुन् । म्युजिक भिडियोमा भुवन श्रेष्ठ र प्रकृतिको अभिनय रहेको छ भने निर्देशन देवराज परियारले गरेका हुन् त्यस्तै छायांकन रोशन कुमार दर्लामीले गरेका थिए । पछिल्लो समयमा आएका तीज गीतहरुमा मौलिकता हराएको र छाडापन बढेकोप्रति सन्तोष बजगाईंले चिन्ता व्यक्त गरेका छन् । तिजको मर्म बिनै तिज गित भनेर बजारमा ल्याउने प्रचलनले गर्दा यस पवित्र पर्व माथि पर्न गएको असरप्रति उनले दुख समेत ब्यक्त गरेका छन् । तीज गीतको नाममा विकृति बढेको भन्दै यसलाई निरुत्साहित गर्न सबैले आवश्यक आवाज उठाउनुपर्ने कुरामा उनको जोड थियो । प्रस्तुत गीतले तीजको मौलिकतालाई बोलेको र यसले सबैको मन जित्नेमा ढुक्क रहेको कुरा समेत उनले बताएका छन् । भिडियो पनि एकदमै राम्रो तथा       मौलिकतालाई बोलेको र यसले सबैको मन जित्नेमा ढुक्क रहेको कुरा समेत उनले बताएका छन् । भिडियो पनि एकदमै राम्रो तथा मौलिक पनामा बनेकोले सबैले हेरेर तथा सुनेर माया गरिदिनेमा आफु पुण आशावादी रहेको कुरा समेत गायक बजगाईले बताएका छन् । यसअघि पनि बजगाईंको मौलिक लोक दोहोरी गित रसुवा नुवाकोट बजारमा आएर चर्चा पाइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार