अमेरिकी सरकारी निकाय एमसिसीबाट सहयोग, पाँच वर्षमा खर्च नभए बजेट फिर्ता हुने


बिहीबार, १९ साउन, निर्माण सञ्चार, काठमाडौं । अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एसिसी) को सहयोगमा नेपालमै पहिलो लामो ट्रान्समिसनलाइन बन्ने भएको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् वैठकले ५ ओटा सडक विस्तार सहित उक्त ट्रान्समिसनलाइन निर्माणका लागि एमसिसी मार्फत् अमेरिकी सरकारले दिने भनेको ५१ अर्ब ३८ करोड रुपियाँ सहयोग स्वीकृत गरेको छ ।

उक्त रकम एमसिसीले सडक र विद्युत् प्रशारणसम्बन्धी कामका लागि प्रादान गर्ने सर्तमा प्रदान गर्ने छ । पाँच वर्षभित्रै काम सक्नैपर्ने गरी ५ ओटा सडक सहित ठुलो प्रसारण लाइन निर्माणमा उक्त रकम खर्च हुने छ ।

सो रकम मध्ये ५ अर्ब ३१ करोड रुपियाँ ठूलो क्षमतायुक्त प्रसारणलाइन निर्माण तथा सडक स्तरीकरणका लागि एमसीसी अन्तरगतको आफिस अफ मिलिनियम च्यालेन्ज नेपाल (ओएमसिएन) ले खर्च गर्ने योजना रहेको छ ।

उसको छनोट भित्र नेपालमा पहिलोपटक ४ सय केभीको ३ सय किलोमिटर लामो ट्रान्समिसनलाइन बन्ने ओएमसिएनका राष्ट्रिय संयोजक तुलसी सिटौला बताउँछन् ।

चार खण्डमा बन्ने उक्त प्रसारण लाइन भने लप्सीफेदी-गल्छी, गल्छी-दमौली, गल्छी-हेटौंडा, दमौली-सुनवल गरी चारवटा खण्डमा निर्माण हुने कार्ययोजना अघि सारिएको छ । यो सँगै विभिन्न स्थानमा सब(स्टेसन पनि बन्नेछन् ।

ट्रान्समिसनलाइनको अभावमा भारतबाट आयात विद्युत् समेत भित्राउन नसकेको नेपालका लागि उक्त ट्रान्समिसनलाइनको निर्माणसँगै यहाँ उत्पादित जलविद्युत् भारत लगायत तेस्रो देशमा निर्यात गर्न बाटो खुल्ने सिटौलाको दाबी छ ।

पाँच सडकको स्तरोन्नति गर्ने

उक्त परियोजना अन्तर्गत ५ वटा सडक निर्माण आयोजनाहरु पनि एमसीसीमार्फत सञ्चालन हुनेछन् । अधिकारीहरुका अनुसार हेटौंडा-भीमफेदी सडकसहित धरान-बसन्तपुर र कदमहा-गाइघाट, अमेलिया(धानखोलासहित ताप्लेजुङसम्मको सडक निर्माण यही आयोजनाले गर्ने छ ।

सोही बजेट भित्र रही ३ सय किलोमिटर सडक बन्ने छ । ओएमसिएनका संयोजक रहेको सिटौलाका अनुसार आयोजनाले ५ वर्षसम्म सडक मर्मत र सुधारको काम हुने छ ।

यसै आयोजना अन्तरगत हेटौंडाबाट मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसम्मको सडकको स्तरीकरण गरिने छ । बजेट रहेमा सो परियोजनाले कोशी, मेची, सगरमाथा र पूर्वपश्चिम हाइवेका विभिन्न खण्डको पनि स्तररीकरणका काम गर्ने छ ।

पुलहरुको पनि स्तरोन्नति हुने

हेटौंडा-भीमफेदीको २२ किलोमिटरको यो खण्ड विभिन्न भागमा दोहोरो सवारी आवत-जावतमा समस्या छ । यसलाई हटाउने र सडकलाई स्तरीय स्वरुपमा सञ्चालन गर्ने गरी मर्मत र सुधारको ओएमसीएनले काम गर्ने स्रोत बताउँछ ।

यस सडक खण्ड अन्तर्गत रहेका फलामे पुलहरुको जीर्णाेद्धर पनि गरिने छ ।

सुमो राजमार्गका रुपमा परिचित हेटौंडा-भीमफेदी-काठमाडौं सडकको यो खण्डलाई मर्मत सुरु भएको ५ वर्षसम्म एमसिसी अन्तरगतकै आयोजनाले स्तरीकरणको मर्मतको जिम्मा लिने भएको छ ।

डेढलाइन: पाँच वर्षमा खर्च नभए बजेट फिर्ता हुने

परियोजना सम्झौता गर्दा नै पाँच वर्ष भित्र काम नभए बजेट फिर्ता जानेगरी सहमति भएको यस परियोजनाका लागि दुई सरकारबीच सम्झौता हुनेछ ।

त्यो सँगै आयोजना कार्यालय स्थापाना गरी काम सुरु हुने छ । आयोजान संयोजक सिटौला अनुसार परियोजना पूर्व जग्गा अधिग्रहण, वनको स्वीकृति जस्ता कामहरुका लागि १५ महिना लाग्नेछ भने यी काम सके लगत्तै आयोजना सुरु हुने छ ।

अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनको कार्यक्रमका लागि छनोट सँगै ५१ अर्बको अनुदान दिएर विभिन्न आयोजना चलाउन दिने निर्णय गरेको थियो । सोही अन्तर्गत यो कार्यक्रम गरिने भएको हो ।

सिटौलाका अनुसार निर्माण सुरु गरेको पाँच वर्ष भित्रमा आयोजना सकिएन भने बाँकी अनुदान अमेरिका नै फिर्ता हुने छ ।

परियोजना छनोट गर्दा नै पूर्व सम्झौता यस्तै किसिमले भएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार