आक्रमणमा होइन वार्तामा जोड दिनुस् :माधव नेपाल


माधव नेपाल

काठमाडौं, भदौ ३ – नेकपा एमालेका नेता माधव नेपालले आफूले उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेटवार्ता गरेर परमाणु आक्रमण भन्दा वार्ता र शान्तिमा जोड दिन आग्रह गरेको बताउनुभयो ।
एसियाली देशका सांसदहरुको सम्मेलनमा सहभागी हुन उत्तर कोरिया गएका बेला किमसँग भेट भएको नेता नेपालले बताउनुभयो । भेटमा कोलियाली प्रायद्विपमा बढ्दै गएको तनाव अन्त्यका लागि वार्ता र शान्तिको बाटो अपनाउन सुझाव दिएको नेता नेपालले बताउनुभयो । उत्तर कोरियाबाट फर्कने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता नेपालले नेपाल पनि शान्तिको पक्षमा रहेको बताएको जानकारी दिनुभयो ।
यस्तै उहाँले प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक तर दुई चरणमा गर्ने तीन दल र सरकारको निर्णय स्वागत योग्य रहेको बताउनुभयो । सम्मेलनका लागि एमालेका नेता नेपालसँगै माओवादीका हरिबोल गजुरेल र संघीय समाजवादी फोरमकी छाया शर्मा जानुभएको थियो । उज्यालो

यसमा तपाइको मत

अन्य समाचार