आफ्नै छात्रालाइ यौन हिंसा गर्ने आरआरका प्राध्यापक पक्राउ


yaun-himsa

विद्यार्थीहरुलाई असल र सत्मार्गको ज्ञान दिएर सही बाटोमा हिडाउनु पर्ने एक क्याम्पसका प्राध्यापक नै यौन हिंसाको आरोपमा पक्राउ परेका छन्। राजधानीकै रत्नराज्यलक्ष्मी क्याम्पसमा समाजशास्त्र विषय अध्यापन गराउने प्राध्यापक विष्णु आचार्यलाइ आफ्नै छात्रालाई यौन हिंसा गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
आरआर क्याम्पसमै अध्ययनरत एक छात्रालाई जबरजस्ती गरेको भन्दै आरोप लागेपछि महानगरीय प्रहरी परिसरको टोलीले उनलाई क्याम्पस अगाडीबाट नै पक्राउ गरेको हो । पक्राउ परेका आचार्यमाथि जिल्ला अदालत काठमाण्डुबाट म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय पहरी परिसर काठमाण्डुका डिएसपी शिद्धीविक्रम शाहले बताए ।

यसमा तपाइको मत

अन्य समाचार