आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको ठहर, कारबाही सिफारिस


काठमाडौं- संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको ठहर गरेको छ। शुक्रबार सिंहदरवारमा बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीको सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

सभापति डोरप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकले निगमले जग्गा खरिद गर्दा जग्गा प्राप्ती ऐन २०३४ लाई मिचेको, लेखा समितिले सार्वजनिक जग्गा खरिद गर्न भन्दाभन्दै निजी जग्गा किनेको र चलन चल्तीभन्दा कयौं गुणा महँगो जग्गा किनेको ठहर गरेको हो।

निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जग्गा खरिदमा करौडौं भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ।

यसमा तपाइको मत

अन्य समाचार