गोर्खाल्यान्डको आन्दोलन चर्किंदै दुईवटा गाडीमा आगजनी


काठमाडौं, २६ साउन — दार्जीलिङका पहाडहरूमा गोर्खाल्यान्डको माग गर्दै भइरहेको आन्दोलनका क्रममा बुधवार दुईवटा गाडीमा आगजनी भएको छ ।

अनिश्चितकालीन हडतालको ५६औं दिनमा हिजो विशेष सुरक्षा व्यवस्थाका बाबजुद आगजनीको घटना भएको हो ।

प्रहरीका अनुसार बिहानीपख पत्रिका बोकेर हिँडेको एक ट्रकमाथि आन्दोलनकारीहरूले खर्साङमा आगजनी गरेका थिए र अर्को खाद्यसामग्री बोकेको ट्रकलाई कालिम्पोङमा आगो लगाइएको थियो ।

यसैबीच जुन महिनामा गरिएको आगजनीमा संलग्न रहेको आरोपमा गोर्खा जनमुक्ति मोर्चाकी एक कार्यकर्तालाई अहिले आएर पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।

गोजमोले केन्द्र सरकालाई संकट समाधानका लागि दिएको डेडलाइन अन्त्य हुनै लाग्दा प्रहरी र सुरक्षाकर्मीले विशेष सुरक्षा व्यवस्था अपनाएर कुनै अवाञ्छित घटना हुन नदिनका लागि निगरानी गरिरहेका छन् ।
zooomnp बाट साभार

यसमा तपाइको मत

अन्य समाचार