झापाका बिभिन्न क्षेत्र जलमग्न – यस्तो छ पीडितको बिजोक (तस्बिरसहित )


साउन २८,झापा । झापा लगायत पूर्वी क्षेत्रमा परेको अविरल बर्षाका कारण कैयौं घर तथा कलकारखानाहरु डुबानमा परेका छन् । केहि दिन देखि लगातार परेको पानीले पूर्वका इटहरी , बिराटनगर, दमक, बिर्तामोड,झिलझिले लगायतका क्षेत्रहरु प्रभावीत बनेका छन् । यसरी नै पानी पारिरहे अझै ठुलो क्षति हुनेमा स्थानीयहरु त्रसीत भएका छन् ।

। रेडक्रस झापाका सभापति लोकराज ढकालले वर्षाका कारण झापाका अधिकांश क्षेत्र डुवानका परेको बताएका छन । यस्तै विर्तामोड, अर्जुनधारा, शनिश्चरे लगायतका क्षेत्र डुवानमा परेको जिल्ला आपकालिन सञ्चालन केन्द्र झापाले जानकारी दिएको छ ।

केन्द्रका अनुसार शनिबार शिवसताक्षी नगरपालिका १ का २८ बर्षिय लेखनाथ न्यौपाने (विजय) झिल्झिले खोलाले बगाएर बेपत्ता भएका छन् । उनी शिवगञ्ज गएर फर्कँदै गर्दा खोलाले बगाएको केन्द्रले जनाएको छ ।झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीले बगाएर ज्यान गएको हो । खोलाले बगाएर उनकी १५ वर्षीया छोरी कमला भने बेपत्ता छिन् । रेडक्रस उपशाखा घेरावारी सभापति उमा गणेशका अनुसार कचनकवल गाँउपालिका वडा नम्वर १ मा भुतेनी खोला र जमुना खोलाको पानी बस्तीमा पस्दा ३ सय घर डुवानमा परेका छन् ।

मेची खोलामा पानीको वहाव बढ्दा वडा नम्वर ५ का ७० घर र वडा नम्वर ४ का एक सय घर डुवानमा परेको गणेशले जानकारी दिए ।

अविरल वर्षाका कारण झापाको गौरीगञ्ज १ हात्तीसारमा रहेको बाँध कनकाई नदीले भत्काएपछि बाढी गाउँमा पस्ने डरले स्थानीयबासी त्रसित बनेका छन् ।

वर्षा नरोकिने हो भने शिवसताक्षी–४ स्थित रंगेयाथान बजारसम्म डुवान हुन सक्ने स्थानीयबासीले बताए । वर्षा शुरु भएदेखि नै स्थानीयबासी रातभर सुत्न सकेका छैनन् । शिवसताक्षी १० मा हुन्द्रुगे

खोलामा आएको बाढीले माइधारबाट चिल्लागढ जाने सडक बगाउँदा आवत जावत ठप्प बनेको छ । कनकाई खोलाको बाढीले झापा गाउँपालिका ७ स्थित दयाधाम जाने बाटोमा सानो माईखोलाको पुल नाघेको छ । त्यहाँको बस्ती जलमग्न भएका कारण स्थानीय विद्यार्थीहरु विद्यालयसमेत जान नसकेको बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार