नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।


काठमाडौं, साउन १७ ।

खाना पकाउने ग्यासको मूल्य घटेको छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ ।

नयाँ मूल्य मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ ।

मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा छ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

यसमा तपाइको मत

अन्य समाचार