पशुपतिशमशेरलाई कोमल ओलीको आग्रह गर्दै यसरी लेखिन फेसबुक स्ट्याटस


राप्रपा केन्द्रिय सदस्य एबम सन्चारकर्मी तथा गायिका कोमल ओलीले पार्टी फ़ुटाएर गएका नेता पशुपतिसमशेर राणालाई झिनामसिना कुरा भुलेर आफ्नै पार्टीमा फर्कन आग्रह गरेकी छिन।गत आइतबार राणाले प्रत्यक्ष निर्वाचित १९ सांसद सहित ७० केन्द्रिय सदस्य लिएर राप्रपा प्रजातान्त्रिक गठन गरेपछि फेसबुक स्ट्याटस लेख्दै ओलीले सो आग्रह गरेकी हुन् ।


कान्तिपुर टेलिभिजनमा राणाले अन्तर्वार्ता दिंदै गरेको फोटो फेसबुकमा राखेर ओलीले सिंहदरबारमा बाल्यकाल बिताएका र अक्सफोर्ड युनिभर्सिटीका विद्याथी,अत्यनै शालीन व्यक्ति पार्टीलाई अत्यावश्यक रहेको सुझाउदै आफ्नै मूलघरमा फर्कन आग्रह गरेकी छिन।पार्टीमा आएको विभाजनपछि अत्यन्तै चिन्तित देखिएकी ओलीले राणालाई पार्टीको सक्षम अभिभावक भन्दै भनेकी छिन,‘हजुरको अभिभावकत्व आवश्यक छ पार्टीलाई। केही बिग्रेको छैन अझै। पार्टी एक भएको दिनमा हाम्रो घरमा शाको दियो बलेको थियो,त्यो दियोमा तेल भर्ने जिम्मेवारी घरमूलीको हो। ’
पार्टी विभाजनपछि नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिकतिर लागेपनि रेडियो नेपालको सरकारी जागिर छोडेर राजनीतिमा सक्रिय भएकी कोमल वली भने राप्रपामै छिन् ।
yeskathmandu बाट साभार

यसमा तपाइको मत

अन्य समाचार