मकवानपुरका गायक बुद्धिमान घिसिङलाई ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’


रेडियो छहारी सम्बाददाता

म्यूजिक खबरको ‘म्यूजिक अवार्ड’का अवसर पारेर विभिन्न विधाका व्यक्तित्वहरुलाई काठमाण्डौंमा सम्मान गरिएको छ । छैटौं संस्करणको म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा विभिन्न ३४ विधाका स्रष्टा एवं सिर्जनालाई अवार्ड प्रदान गरिएको छ ।

नेपाली गीतसंगीतमा आधा दशकभन्दा लामो समय खर्च गरिसक्नुभएका मकवानपुरका गायक बुद्धिमान घिसिङले यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान पाएका छन् । उनले लोकदोहोरी गीत लेखन एवं गायनमा सक्रिय रहँदै आधुनिक गीततर्फ पनि निरन्तर कार्य गर्दै आएका छन् । प्रवासमा रहेर घरबासको गीतसंगीतमा लगानी गर्दै आएका घिसिङलाई यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान २०७४ प्रदान गरिन लागिएको छ । थापालाई २५ हजार ५ सय ५५ नगद राशिसहित सम्मान गरिएको छ भने सुमधुर स्वरका धनी गायक शिशिर योगी र गायिका सत्यकला राईलाई म्यूजिक खबर दशकको सम्मान २०७४ प्रदान गरिएको छ ।

यो वर्ष “निस्ठुरी मायालु” बोलको एल्बम बाट अवार्ड चुम्न सफल भएको हो । उक्त एल्बम मकवानपुरे लोक गायक तथा सर्जक बुद्धि मान घिसिङ को लय/शब्दमा बजारमा आएको थ्यो भने उक्त एल्बममा चर्चित गायिका मुना थापा र बुद्धिमान घिसिङ को स्वोर रहेको थियो । उक्त एल्बम्मा चर्चित मोडल गिता राइ र गायक घिसिङ्को अभिनय थियो

यसमा तपाइको मत

अन्य समाचार