म्युजिक खबर अवार्ड २०७४ लोकदोहोरी महिला मोडलतर्फ चर्चित मोडल गिता राइले अवार्ड चुम्न सफल


रेडियो छहारी सम्बाददाता

येहि २०७४श्रावण २२ गते सम्पन्न भयेको छैटौ ४ को म्युजिक खबर अवार्ड २०७४ लोकदोहोरी महिला मोडल तर्फबाट चर्चित मोडल गिता राइले अवार्ड चुम्न सफल भएका छन। उहाँ यो वर्ष “निस्ठुरी मायालु” बोलको एल्बम बाट अवार्ड चुम्न सफल भएको हो । उक्त एल्बम मकवानपुरे लोक गायक तथा सर्जक बुद्धि मान घिसिङ को लय/शब्दमा बजारमा आएको थ्यो भने उक्त एल्बममा चर्चित गायिका मुना थापा र बुद्धिमान घिसिङ को स्वोर रहेको थियो । उक्त एल्बम्मा चर्चित मोडल गिता राइ र गायक घिसिङ्को अभिनय थियो भने उक्त एल्बम को छयाँकन राजेश घिमिरेले गरेका थिये । प्रेम थापको निर्देशन मा तयार भै उत्पादक तथा बजार ब्यबस्थपन बिन्ध्यबासिनी म्युजिक प्रालि गरेका थिये। विभिन्न ३४ बिधामा अवार्ड बितरण गरियेको थियो । जस्मा उहाँले लोक दोहोरी मोडल महिला उत्कृष्ट ५ भित्रको ४ प्रतिस्पर्दीलाई उछिन्दै अवार्ड चुम्न सफल भएका थिये । गिता राई सँगितिक क्षेत्रको एक अब्बल दर्जको कलाकार हुन भने हाल सम्म उहाँले झन्डै २०० भन्दा बढी म्युजिक भिडियो हरुमा अभिनय गरि सक्नु भएको छ भने सांगीतिक कार्यक्रम को शिलसिलामा उहाँ हङकङ, सिङगापुर, लन्डन, जापन, बेलायत, सहित झन्डै १५ भन्दा बढी देश हरुमा पुगि सक्नु भएको छ भने उहाँ नेपाल पुलिस क्लबको सांस्कृतिक बिभागमा प्रहरी हवलदार को पोस्टमा कार्यरत हुनु हुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार