सेनाले जिम्मा लिए कर्णाली करिडोर निमार्णको काम


काठमाडौं । सेनाले जिम्मा लिएको कालिकोटको १४५ किलोमिटर कर्णाली करिडोर निमार्णको काम ३० किलो मिटर सम्पन्न भइसक्यो ।स्युना शान्तिघाट सम्मको ९ किलोमिटर कडा चट्टानी भागमा नेपाली सेनाले रातदिन काम गरेर गाडी गुडाए । स्युनाका महाबिर कार्कीले यसरी गाडी आउला भन्ने सोच्दै नसोचेको भन्दै नेपाली सेनाको काम देखेर अचम्मित परेको बताए ।नेपाली सेनाको निर्माण सामग्री बोक्ने ट्याक्टर र साना सवारी साधन जीप र मोटरसाइकलहरु शान्तिघाट हुदै कालिकोट सीमा क्षेत्रमा पुग्न थालेका छन् ।

नेपाली सेनाले आफ्नो पूर्व निर्धारित लक्ष्य पूरा गर्न रातिमा सोलार बत्तिको प्रयोग गरेर काम गरेको छ ।लालिघाट, रेगिलघाट,आम्ताडा हुँदै शान्तिघाट, भार्तडी, जारकोट,घाटगडासम्मको झण्डै ३१ किलोमिटर कडा चट्टान छिचोलेर सेनाले कालिकोट बाजुराको सीमा क्षेत्र लैफुसम्म केही दिनमै गाडी गुडाउने लक्ष्य बताए ।सेनाले काम दु्रत गतिमा होस् भनेर कामदारहरुलाई रातिको ज्याला १५ सयसम्म दिएर चट्टानमा सोलार बत्ती जडान गरी रातभरी निमार्ण कार्य गर्ने गरेको छ ।कर्णाली करिडोरमा निर्माणका लागि अहिले एक दर्जन बढी मेसिनरी सामानहरु सञ्चालनमा छन् ।दिनमा सयौं बिष्फोटका आवाजहरु सुन्न सकिन्छ । बिष्फोट गराएर पहाडलाई मैदान बनाउने र बाटो पन्छाउने काम नेपाली सेनाले छिनभरमै गरेको देख्दा स्थानीयले चकित भएको बताउने गरेका छन् । ‘अघिल्लो दिनमा आफ्ना अगाडि देखिएको डरलाग्दो भिरपहरा रातभरि मेशिनको आवाज सुनिन्थ्यो भोलि दिउसो मैदानै भएछ,’ स्युना शान्तिघाटका पूर्वप्रधान पञ्च पदमबहादुर बंमले भने,’ सेनाले त यसरी काम गर्दो रैछ, विकास निमार्णको काम त नेपाली सेनालाई नै दिनु पर्ने रहेछ ।’

कालिकोट सडक क्षेत्रमा रहेका कडा धेरै जस्तो चट्टानलाई फुटाइसकिएकोले एक वर्षमा सबै कडा चट्टानहरु छिचोलेर सक्ने लक्ष्य लिएको गुरुङले बताए । ‘कालिकोट क्षेत्रमा रहेका कडा चट्टानहरुसंगको युद्ध करिब सकिएकोछ,’ उनले भने,’सम्भवत एक वर्षमा सबै क्षेत्रका चट्टानहरु छिचोलेर सकिन्छ ।’नेपाल सरकारले सिमिकोट सम्म २ अर्व ८४ करोड ११ लाखको लागतमा बाटो तयार हुने भन्देै कामको जिम्मा नेपाली सेनालाई छ ।

यसमा तपाइको मत

अन्य समाचार