राकेश बुढाथोकीको अध्यक्षतामा १४ सदस्यि कार्य समिति सहित दोलखाली युवा समाज मलेसियाको प्रथम अधिवेशन भब्य रुपमा सम्पन्न


मलेसिया भदौ २६ राकेश बुढाथोकी

रेडियो छहारी सम्बाददाता

दोलखाबाट मलेसियामा आई बिभिन्न पेशाा र क्षेत्रमा कार्यरत नेपालीहरुको संगठन दोलखाली युवा समाज मलेसियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । राजधानी क्वालालम्पुर स्थीत होटल प्यासिफिक एक्सप्रेसमा आईतबार समाजको अधिवेशन सम्पन्न भएको हो । नेपाली राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली रानदूतावासका सहचारि निरोज बस्नेतले बैदेशिक रोजगारिलाई मर्यादित गर्नका लागि मलेसियामा रहेका संघ संस्थाहरुले जनचेतना अभिबृद्धि कार्यक्रम गर्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले आम्दानि गरेको रकमलाई आप्mनै ठाउँमा लगानि गरि नेपालमा नै आप्mनो सिप प्रयोग गरि यहाँबाट गई सके पछि अन्य देशमा नगई स्वदेशमा नै काम गर्ने बातावरण गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा विशेष अतिथी तथा एनआरएन मलेसियाका महा सचिव सुन्दर आलेले दोलखा पर्यटकहरुको लागि महत्वपूर्ण जिल्ला भएको, त्यहाँको माटोको आप्mनै विशेषता भएकोले रोजगारिको शिलशिलामा विदेशमा रहनु भएका दोलखालीहरुले लगानी गरि उतै रोजगारिको व्यवस्थ गर्नु पर्ने बताउनु भयो । उहाँले एनआरएनए मलेसियाको छिटै कार्यालय संञ्चालनमा ल्याई मलेसियामा रहेका पिडित नेपालीहरुको बारेमा जानकारी लिई सम्बन्धित निकायसंग समन्वय गरि सहयोग गर्ने र सम्पूर्ण संघ संस्थाहरुले एनआरएनसंग हातेमालो गरि अघि बढ्न पनि आग्रह गर्नु भयो । कार्यक्रममा अतिथी तथा नेपाल मलेशिया बैदेशिक रोजगार समन्वय संघका अध्यक्ष कमल गौतमले कुनै पनि कामदार आफू काम गर्न जाने मुलुकको बारेमा जानकारी लिने, आफू कुन उद्धेश्यले विदेश जादै छु भनि बुझेर गएमा दःख नपाउने बताउनु भयो । उहाँले बैदेशिक रोजगारमा जाने युवाहरुलाई बिभिन्न किसिमका झन्झटिलो बनाई नेपाल सरकारले रकमको भार थोपरेर मर्कामा पारेको आरोप लगाउनु भयो । समाजका अध्यक्ष राकेश बुढाथाकिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिर्जना कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यस्तै मगर संघका चुन बहादुर पुन, सूदुर पस्चिम सेवा समाजका तुलाराम धामी, प्रवासि ईलामेलीका प्रेम लिम्बु, हर्बाे ईण्टरनेशनलका नर बहादुर थारु, खप्तडि उत्थान समाजका निश्चल बस्नेत, मीना बस्नेत, केशब थामी, रमेश श्रेष्ठ, निरज थापा, टेकराज श्रेष्ठ, दिवाकर थापा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संञ्चालक रमेश बस्नेतले समग्र दोलखाको भौगोलिक बनावटको बारेमा, दोलखाबाट मलेसिया आई अलपत्र परेका युवाहरु के कति रहेका छन् त्यसको खोजि गरि संस्थाले उद्धार गर्नेमा जोड दिनु भयो । सभापति राकेश बुढाथोकिले बिभिन्न समयमा आपत कालिन अबश्थामा रहेका दोलखालीहरुलाई सहयोग गरेको र समाजको नकारात्मक भन्दा पनि सकारात्मक पाटोहरुलाई मध्य नजर गर्दै मलेसियाका सम्पूर्ण संघ संगठनहरु एकताबद्ध भई नेपाली राजदूतावास र एनआरएन मलेसियासंग सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । समाजको प्रथम अधिवेशनले राकेश बुढाथोकिको अध्यक्षतामा १४ सदस्यि कार्य समिति चयन गरेको छ ।

जसमा अध्यक्ष -राकेश बुढाथोकी बरिष्ठ उपाध्यक्षमा-राजेश भुजेल, उपाध्यक्षमा- दिपक कार्की, महासचिवमा-केशब थामी, सचिवमा-दिवाकर थापा, कोषाध्यक्षमा- श्रीजना कार्की, सह कोषाध्यक्षमा-रमेश श्रेष्ठ र सदस्यहरुमा शरोज खड्का, एक्का श्रेष्ठ, पेम्बा श्रेष्ठ, फुरि शेर्पा, राजु कार्की, प्रेम श्रेष्ठ र राज कुमार खड्का रहनु भएको छ

। त्यस्तै समाजले रमेश बस्नेतलाई संरक्षक र कुमार श्रेष्ठ र निराजन थापालाई सल्लाहकारमा चयन गरेको छ । समाजले सामाजिक अभियानमा महत्वपूर्ण भूमीका निर्बाह गरेको भन्दै एनआरएनए मलेसियाका महासचिव सुन्दर आले, विभिन्न समयमा मलेसियामा रहेका नेपालीहरुको हितमा र संघ संस्थाहरुको बारेमा समाचार सम्प्रेषण गरि योगदान पु¥याएको भन्दै अनलाईन खबरका रामचन्द्र नेपाल तथा उद्धार अनलाईनका रवि भट्टलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार