चर्चित लोकदोहोरी गायक बिमलराज क्षेत्रीको जन्म दिनको दिनमै खुल्यो रहस्य,पर्वत कांग्रेसले गर्यो सिफारिस


कमल सरगम
काठमाण्डौ
नेपाली सांगीतिक क्षेत्रका बहुचर्चित गायक तथा सर्जक बिमल राज क्षेत्री अब हुने मंसिरको प्रतिनिधीसभा र प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकमा सिफारिस भएका छन।

२०३६ साल असोज २१ गते आइतबार पर्वत जिल्ला फलेवास नगरपालिका वडा नम्बर १०,कुर्घामा पिता लालबहादुर पौडेल क्षेत्री र माता पार्वती कुमारी पौडेल क्षेत्रीको कोखबाट जन्मिएका क्षेत्री २०४८ सालदेखि श्री सारादा माध्यमिक बिद्यालयबाट नेपाल विद्यार्थी संघको सदस्यता लिई सोहि इकाईको सदस्य बनेर राजनीतिमा औपचारिक रुपमा प्रबेस गरेका थिए।२०५३ सालमा पर्बत बहुमुखी क्याम्पसमा नेबिसंघ इकाई सचिवको जिम्मेवारी सफलतापूर्वक निर्भाह गरिसकेका  क्षेत्री राजनीतिलाई संग संगै लादै कलाकारिता क्षेत्रमा प्रबेस गरेका हुन्।

बिभिन्न स्कुल/क्याम्पसमा हुने सास्कृतिक कार्यक्रमहरुमा अनौपचारिक रुपमै आफ्नो कलाकारिताले सबैको मन जितेका क्षेत्री २०५६ सालको संसदीय चुनावमा पर्वत क्षेत्र नम्बर २ को उमेद्वार माननीय स्व.डिल्लीराज शर्मा पौडेलको प्रचारप्रसार अभियानमा तत्कालिन २९सै गाविसमा सास्कृतिक कार्यक्रममा आफ्नो सुरिलो आवाजबाट गायन प्रस्तुत गरेर लोकप्रिय बन्न सफल भए ।

स्व.डिल्लीराज शर्मा र तत्कालिन नेबिसंघका जिल्ला सभापति स्व.दिल्ली लामिछानेलाइ आफ्नो राजनीतिक गुरु मान्ने क्षेत्री डिल्लीराजले चुनाव जितेपछि क्षेत्रीलाई संगै राजधानी ल्याएका थिए। २०५६ सालमा जय नेपाल सास्कृतिक प्रतिष्ठानका अधक्ष्य अमर लामा र महासचिव डीबी गुरुङ संग डिल्लीराज शर्मालेनै परिचय गराई सोहि सस्थामा सदस्य पद सम्हालन दिएका थिए ,संगै त्रिभुवन विमानस्थलमा सोहि साल सुपरभाइजरको समेत जागिरी भए क्षेत्री।

२०५६ सालबाट औपचारिक रुपमै कलाकारितामा प्रबेस गरि डीबी गुरुङको एल्बम लोक गीत”नब्बे सालको भुईचालो”मा “जाउन माया जाउ”बोलको गीतमा पहिलो पटक गुरुङले गीत गाउने अवसर दिएका थिए । सोहि क्रममा आफुलाई राजनीति र कलाकारिता क्षेत्रमा स्थापित गर्ने हेतुले निरन्तर लागिरहे।२०५७ सालमा “लुम्ले काडे जाउँ”बोलको एल्बम प्रसान्ती बाबा क्यासेट सेन्टरबाट बजारमा ल्याएर चौतर्फी  चर्चा पाए संगै २०५९ सालमा आफ्नै संकलनमा अर्को सुपरहिट”बल्लै भो भेट” गीत जुन गीतले बिमलराज क्षेत्रीको नाम लोक संगीत सुन्ने श्रोता दर्शकको माझमा स्थापित नाम बन्न पुग्यो ।

सोहि गीतको चौतर्फी सफलता पछी लगातार आफ्नै संकलनमा”रानीघाटमा”,”जापान टोकियो”,”मधुबनैमा”,”ए हजुर एक्लो परानी”,”औंठी कुसैको”,डुल्छु रानाबन”,”मध्यपश्चिमकि”,”हिमाल सेतै छ”,”चैते दशैँ मेलैमा”लगाएतका अत्याधिक सयौ गीतहरुबाट सफलता हात पारे संगै आफ्नै आवाजमा चर्चित सर्जक एकनारायण भण्डारीको “सुपारी चाम्रो”,”काफल पाकेको” स्व.सर्जक तथा पत्रकार सूर्यकुमार क्षेत्रीको “धानको सिरौला”,”उनैको यादले साता छ”,बैकुण्ठ महतको “बरदान पाको भा”,औंठी सोएम्बरको”,कस्तुप पन्तको “लेउन रुमाल लेउ”,”अंगुर अमिलो”,नेबिसंघ टियुका प्रभाबसाली नेता हिमाङ्क भण्डारीको”आँसुको भेलैमा”जस्ता कालजयी गीतहरु गाउदै पछिल्लो समय मातृभूमि पर्वत प्रति समर्पित गर्दै “पर्वत मेरो गाउँ”आफ्नै संकलनमा पर्वतका बिभिन्न पर्यटकीय तथा सास्कृतिक स्थलहरु पुगी भिडियो निर्माण गरि आफ्नो मातृभूमि प्रतिको मायालाइ समर्पित गरे।

कलाकारिता र राजनीतिलाई निरन्तर अगाडी बढाईरहेका क्षेत्री नेपाल ट्रेड युनियन कांग्रेसको वर्तमान केन्द्रीय सदस्य साथै अतिरिक्त क्रियाकलाप तथा सास्कृतिक विभागका संयोजक समेत हुन्।नेपाल ट्रेड युनियन कांग्रेसको अतिरिक्त क्रियाकलाप तथा सास्कृतिक विभाग उनकै पहलमा गठन भएको थियो नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि लडेका क्षेत्रीले स्वतन्त्रबाट उमेद्वार दिई सम्मानजनक एक सय एक मत ल्याएका थिए ।त्यसपछि क्षेत्रीको राजनीतिको उपस्थिति अझ मजबुत हुदै आयो ।र अहिले सर्वसम्मतले क्षेत्रीलाई नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिले संघ र प्रदेश दुवै तर्फबाट उमेद्वार सिफारिस गरेको छ।पर्वतबसीहरु भन्छन विमलराज क्षेत्रीले जुनसुकै उमेद्वारी ल्याएपनि उनको लोकप्रियताले कांग्रेसलाई मजबुत बनाउने र सिंगो पर्वतको बिकाश हुने विश्वास व्यक्त गरेका छन । क्षेत्रीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

यसमा तपाइको मत

अन्य समाचार