यस कारण तयारी भय राजपा निर्वाचनमा जान


काठमाडौं । सरकार र राष्ट्रिय जनता पार्टी बीच संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएको छ । उक्त सहमतिसँगै राजपा तेस्रो चरणमा हुने प्रदेश २ को स्थानीय तह निर्वाचनमा सहभागी हुनेभएकोछ ।

सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन प्रस्ताव अघि बढाउने सहमति भएको हो । आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान हुनेछ जनाइएको छ ।

‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ’ राजपा एक नेताले भन्नुभयो, संशोधन प्रस्ताव पास हुन्छ भन्नेमा हामी विश्वस्त छौं, ।’

सुक्रबारको सहमती अनुसार संशोधन अघि बढाउने सहमति भएपनि विधेयकको पक्षमा दुई तिहाई बहुमत अझै देखिएको छैन ।

सत्तारुढ दलका नेताहरुका अनुसार संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, परिणाम जे आएपनि स्वीकार गर्दै राजपा निर्वाचनमा जाने सहमति भएको छ ।
janatasamachar बाट साभार

यसमा तपाइको मत

अन्य समाचार